महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका उपाध्यक्ष महजवी खातुन पार्टीबाट निकालिएकी छन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीले कारबाही गरेको हो । महोत्तरी जिल्ला कार्यसमितिले बिहीबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ । पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए । […]