अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान