जाजरकोटमा पशु चौपाया छोड्न पाटन लेक गएका सात जना बेपत्ता

जाजरकाेट – जाजरकोटमा पशु चाैपाया छाेड्न पाटन लेक गएका सात जना बेपत्ता भएका छन् । गएकाे जेठ ३१ गते पशु चौपाया छोड्न लेक पाटन गएका ११ जना स्थानीय गोठालामध्ये चार जना फर्किएकाे र बाँकी सात जना बेपत्ता भएकाे खबर प्राप्त भएकाे गाउँपालिका ८ का वडाध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयाे । अहिले उनीहरूकाे खाेजी भइरहेकाे उहाँले जानकारी दिनुभयाे । तीन दिन अघिदेखि परेकाे पानीका कारण उनीहरू अलमलमा परेकाे हुन सक्ने पनि बताइएकाे छ । यस्तै हावाहुरीसँगै परेकाे चट्याङका कारण एक सयभन्दा बढी पशु चाैपाया परेकाे खबर प्राप्त ...

सम्बन्धित सामग्री

पाटेबाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा

जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– १ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

पाटेबाघले घेरा हालेपछि ज्यान बचाउन रुखमा

जंगलमा गाइबस्तु चराउन पुगेका स्थानीयलाई पाटे बाघले घेरा हालेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– १ गाभरमा पाटेबाघले मान्छेलाई घेरेको छ । वन, जंगलमा पशु चौपाया चराउन गएका स्थानीयलाई बाघले घेरेका हुन् ।

बाघले गोठालालाई घेरेपछि ज्यान जोगाउन रुखमा, उद्धारका लागि सेनासहितको टोली पठाइयो

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा पाटे बाघले केही मान्छेलाई घेरेको छ । जंगलमा पशु चौपाया चराउन गएका ती स्थानीयलाई बाघले घेरेको हो । बाघबाट घेरिएका ब्यक्तिहरु आफ्नो ज्यान जोगाउनरुखमा चढिरहेको स्थानीय वासिन्दा चन्दा लामाले जानकारी दिनुभयो । ‘बाघले मान्छेलाई घेरेर राखेका छन्, रुखमा चढेका उनिहरुको उद्धार गरिदिनु पर्यो ।’– लामाले भन्नुभयो ।

निरन्तरको हावाहुरी र वर्षाले वेपत्ताको खोजीमा समस्या

जाजरकोट : लगातारको हावाहुरी र वर्षातका कारण जलजला पाटनमा वेपत्ता भएका सात जनाको खोजीकार्यमा समस्या भएको छ। मंगलबार देखि हराइरहेका कुशे गाउँपालिका ८  र ९ औलरिजाका सात जना गोठालाहरुको खोजीमा समस्या भएको हो। पशु चौपाया लिएर चरिचरन क्षेत्र गएका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझैं सम्पर्कमा आएका छैन। हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर वेपत्ता भएका उनीहरु...

जाजरकोटमा सात जना बेपत्ता

कर्णाली ब्युरो । जाजरकोटमा पशु चौपाया छोड्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । जलजला पाटनमा पशु चौपाया छाड्न गएका कुशे गाउँपालिका वडा नं. ८ र ९ का ७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । ‘जलजला पाटन’ मा पशु चौपाया छोड्न गएका कुशे गाउँपालिका –८ र ९ का ११ मध्ये […]