डडेल्धुरा : मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन।शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दि