काठमाडौँ। भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु भएको छ। ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेका छन्।