अन्तत : एमसीसी कार्यान्वयन गर्ने/ नगर्ने नेपालको हातमा, समयसीमामा अनुमोदन नभए सम्झौता रद्द हुने

माघ २३, काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता आउँदो फेब्रुअरी २८ भित्र संसदबाट अनुमोदन गरिसक्न भन्दै नेपाललाई पत्राचार गरेको छ । उक्त समयसीमामा संसदबाट अनुमोदन नभए नेपालसँगको एमसीसी सम्झौता रद्द गर्ने निर्णय लिने पनि उसले भनेको छ । एमसीसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले गत बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाउँदै एमसीसीको अबको समयसीमा बारे जानकारी पनि गराएका छन् । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालको तर्फबाट गत सेप्टेम्बर २९ मा एमसीसीका अध्यक्षलाई सम्बोधन गर्दै एमसीसी बारे थप स्पष्ट हुन आवश्यक रहेको पत्र पठाइएको थियो । सोही पत्रको जवाफमा एमसीसीका प्रमुख कार्यकारी अधिकृतले उक्त सम्झौतालाई निरन्तरता दिनेबारे नेपालको ‘सार्वभौम रोजाई’ हुने विश्वास व्यक्त गरेका छन् । पत्रमा डिसेम्बर १४ मा एमसीसीको निर्देशक बोर्डले नेपालसँगको सम्झैताको अवस्था र तपाईंहरूले सेप्टेम्बर २०२१ मा पठाएको पत्रबारे समीक्षा गर्‍यो । एमसीसी बोर्डले तपाईंहरुले गरेको चाररपाँच महीनाभित्र सम्झौता अनुमोदन गर्ने कुरालाई नोटमा लियो भनिएको छ । सम्झौताको पक्षमा जनचेतना जगाउने र यससँग जोडिएका भ्रमहरुलाई हटाउने भन्ने तपाईंहरुको योजनाप्रति बोर्ड आभार व्यक्त गरेको छ’ भनिएको छ । साथै उक्त पत्रमा भनिएको छ, ‘त्यसैले तपार्ईंहरुकै पत्रमा उल्लेख भए अनुसार आउँदो फेब्रुअरी २८, २०२२ भन्दा ढिलो नगरी सांसदहरु र गठबन्धनका सहयात्रीहरू मिलेर सम्झौतालाई अनुमोदन गर्ने काम गर्नुहोस् भन्ने एसीसीको आग्रह छ ।’ कार्यकारी अधिकृत बाहले यदी यो समयसीमा भित्र नभए त्यसपछि एमसीसी बोर्डले खारेजीको बिषयमा छलफल गर्ने पनि उल्लेख गरेका छन् ।  यो पनि हेर्नुस् : एमसीसी अनुमोदन गराउने प्रयास : सत्तारूढ दलभित्रै ठूलो मतभेद एमसीसीमा विवाद : निर्णायक बनाउन पहल थाल्दै प्रम एमसीसी किन अपरिहार्य छ ? विशेष आलेख : एमसीसी स्वीकार गर्नुको विकल्प छैन एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

सम्बन्धित सामग्री

एमसीसी कार्यान्वयन हुँदै गएकोमा खुसी व्यक्त

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् । […]

छिमेकीलाई उत्तेजित नपारे एमसीसी कार्यान्वयन हुन्छ

नेपालको परिवेश आज भन्दा पाँच छ महिनाअघि हेर्दा ‘एन्टि–एमसीसी’ थियो । जब बहसहरु हुन थाले, छलफल हुन थाले । त्यसपछि मान्छेले एमसीसीलाई गहिरिएर हेर्न र बुझ्न थाले । र, देशमा रहेका केही राजनीतिक दलसहित जनताहरु पनि पक्ष विपक्षमा उभिन थाले । नेताहरुले जुन साहस देखाए, सबैलाई धन्यवाद । कसै नेताको हार भएको छैन । प्रतिपक्षमा […]

अब एमसीसी कार्यान्वयन गरेर जानुपर्छ : ओली

प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्ने बताए । ‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन । प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो त्यो गलत हो । त्यसो गर्नु हुँदैनथ्यो सरकारले गर्‍यो । संसद्मा पनि स्वस्थ ढं

एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए । उनले अघि भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि […]

एमसीसी कार्यान्वयन गर्न सबै दल लाग्नुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना कार्यान्वयन गरी समयमै प्रतिफल प्राप्त गर्नका लागि सबै राजनीतिक दलहरू लाग्नु पर्ने बताएका छन् । एमसीसी लागु भएसँगै नेपालमा उत्पादित बिजुलीले बजार पाउने उनको भनाइ थियो । संसदमा अनुमोदनका लागि टेबल गर्दै कार्कीले बिजुलीको अन्तरदेशीय व्यापारलाई सहयोग पुग्ने बताएका थिए। समयमै परियोजना कार्यान्वयन गरेर त्यसको प्रतिफल प्राप्त गर्नका […]

एमसीसी रहँदा या फिर्ता हुँदा के हुन्छ ?

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा रहेको अस्पष्टता चिर्न काठमाडौं उत्रिएकी फतिमा सुमार चार दिनको दौडधुपपछि स्पष्ट भइन्– नेपालमा एमसीसी कार्यान्वयन सहज छैन । एमसीसीको सन्दर्भमा श्रीलंका र नेपाल केही अवस्थामा समान देखिएका छन् । दक्षिण एसियामा नेपाल र श्रीलंकाले मात्रै एमसीसीअन्तर्गतको सहयोग पाएको थियो । एमसीसीका लागि छनोट हुने नेपाल पहिलो र श्रीलंका दोस्रो देश हो । तर, श्रीलंकाले सन् २०१९ मा एमसीसी अघि नबढाउने निर्णय गर्‍यो । नेपालमा भने चार वर्ष यता एमसीसी राजनीतिक भूमरीमा ...

एमसीसी कार्यान्वयन गरौं : डा. भट्टराई

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–”यसमा राष्ट्रिय सहमति गरौं:१.उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल […]

अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौँ : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहमति कायम गरेर अमेरिकासँग चिठ्ठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गर्नुपर्ने उनको तर्क रहेको छ । एमसीसीको विषय राष्ट्रिय बहस बनिरहेको बेला भट्टराईको यस्तो भनाइ आएको हो ।उनले लेखेका छन्, यसमा राष्ट्रिय सहमति गरौँ : १. उच्चस्तरीय राजनीतिक/कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौँ; २. चीनसँगका BRI, पारवहनलगायत सम्झौता कार्

एमसीसी खारेजी गर्न भदौ १९ गतेसम्मको अल्टिमेटम

एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले यी दुई माग पूरा गर्नको लागि भदौ १९ गतेसम्मको लागि सरकारलाई अल्टिमेटम दिएको हो । अभियानले अघि सारेका मागमा विद्युत् विधेयक फि

एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? - नेता रावल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत ...