नवलपरासी : पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन । गएको बिहीवार राति ९ बजे बाढीले डाइभर्सन बगाउँदा बन्द भएकाे सडक अझै सहज रूपमा सञ्चालनमा आउन सकेको छैन ।
पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपुरको गैँडाकोट नगरपालिका २३ स्मृति नजिक बनाउन लागिएको पुलको ठाउँमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो । पाँच दिनदेखि राजमार्ग बन्द भइ सहज रूपमा सञ्चालनमा आउन नसक्दा राजमार्गमा गाडीकाे लामो लाइन लागेको छ । बाढीले बगाएको डाइभर्सनको दुवैतर्फ गरेर झन्डै २० किलोमि...