नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयरको टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ