काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो ।
आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्याेरेन्...