काठमाण्डाै – खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउनुपर्ने सरोकारवालाले बताएका छन् ।
युनिसेफ तथा यूके एडको सहयोगमा लुमन्ती आवासका लागि सहयोग समूहको तर्फबाट ललितपुरमा शुक्रवार आयोजित कार्यक्रममा सराेकारवालाले कानुन बनाउने सरकारकाे अग्रसरता राम्राे भए पनि कानुन पर्याप्त नहुनु दुःखद भएकाे बताएका हुन् । कार्यक्रममा बाग्मती, कोशी र लुम्बिनी प्रदेशका 'वाश महिला सञ्जाल' का संयोजक तथा सदस्यहरू, विकास साझेदार, सरकारी तथा गैरसरकारी संस्था, यूएन एजेन्सीहरू, लैङ्ग...