नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको नवौं राष्ट्रिय महाधिवेशन कपिलबस्तुमा मंगलवारदेखि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एकसातासम्म राष्ट्रिय महाधिवेशन जारी रहने बताइएको छ । महाधिवेशन उद्घाटन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा (विसम) ले नेपालका राजनीतिक पार्टीहरू साम्राज्यवादी मुलुकको इसारामा चलेको आरोप लगाए । उनले आफ्नो पार्टी फुटाउन साम्राज्यवादी शक्तिहरुले चलखेल गरिरहेको पनि दावी गरे । काठमाडौंको खुल्ला मञ्च