नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कालिकोटमा पनि निर्वाचन हुने भएको छ । सहमति नजुट्दा जसीप्रसाद पाण्डे र रमेशकुमार शाहीको प्यानल चुनावी मैदानमा होमिएका हुन् । एमालेका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चाज नेशनल शाहीका अनुसार बिहीबार बिहान ९ बजेदेखि मतदान हुनेछ । अध्यक्ष पदका उम्मेदवार पाण्डे खाडाचक्र नगरपालिकाका मेयर हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै अर्को उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्