काठमाडौं । निषेधाज्ञाले सम्पूर्ण क्षेत्र प्रभावित हुँदा सेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अहिले पनि दैनिक ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस पटकको सेयर बजार सामन्य अवस्था जस्तै भएकाले बजार हेल्दी करेक्सनमा गएको सेयर विश्लेषक डा.केशव श्रेष्ठ बताउँछन् । उनी भन्छन, ‘बजार बढ्ने, घट्ने भइरहेको छ । धेरै–धेरै बढ्ने, थोरै थोरै घट्ने गरेर बजार हेल्दी करेक्सनतिर गएको छ ।’ यद्यपि यो समय ट्रेडिङ गर्ने बेला नभएको तर दीर्घ