नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे । काँग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने बताएका थिए।यो पटक