वर्षाले क्षति पुर्‍याएका किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहलाई परिपत्र

१९ मंसिर,काठमाडौं । बेमौसमी वर्षाका कारण क्षति भोगेका धान किसानलाई राहत वितरणमा सहजीकरण गर्न स्थानीय तहहरुलाई सरकारले परिपत्र गरेको छ । राहत वितरण गर्न तयार भएको मापदण्डअनुसार सहजीकरण र समन्वय गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ पालिकालाई आइतबार परिपत्र गरेको हो । धानबालीमा क्षति भोगेका किसानलाई सरकारले बैंक खातामै क्षतिअनुसारको नगद राहत […]