सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत०.७५  प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब ९६ करोड २२ लाख रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

सम्बन्धित सामग्री

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने […]

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

७ वाणिज्य बैंकसहित ९ बैंकले गरे लाभांश घोषणा, कसको कति ?

काठमाडौं । सात ओटा वाणिज्य बैंक र दुई विकास बैंकसहित ९ बैंकले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।  विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक छन् । साग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशमलव ५० प्रतिशत कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक छन् । यीमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभासमेत सम्पन्न गरी लाभांश पारितसमेत गरिसकेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई नगद लाभांशमात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव पारितका लागि मंसिर ५ गते साधारण सभा बोलाएको छ ।  लाभांश घोषणा गरका सात वाणिज्य बैंकमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकले कुल ३० दशमलव ५२ प्रतिशत लाभांश दिएको हो । बैंकले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस शेयर र १० दशलमव ५३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले ९ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६० प्रतिशत, माछापुच्छ्रे बैंकको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश र सिटिजन्स बैंकले ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेका छन् ।