बाढीले एउटा पुल बगायो, एउटामा क्षति

अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ ।

सम्बन्धित सामग्री

बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुर – कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका–१२ मा पर्ने बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । यस पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो । तीन वर्षअघि यस नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको स्थानीय लक्ष्मण चौधरीले जानकारी दिनुभयो । बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ । बाढीले नदी किनारका बस्तीमा क्षति पुर्‍...

दार्चुलामा बाढीले एक जनाको मृत्यु : झोलुङ्गे पुल बगायो

दार्चुला – शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन्। एकको शव फेला परेको छ। जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, […]

नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो

नुवाकोट । मंगलवार राति वर्षासँगै तादी खोलामा बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । तादी खोलामा बाढी आउँदा ५ वटा पक्की पुल, धानखेती तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले जिल्लाकै प्रसिद्ध जालपादेवी मन्दिरमा क्षति पु-याएको छ । वर्षाको कारण राजधानी काठमाडौ जाने छोटो मार्ग छहरे–टोखा सडक खण्डको ढिकुरे बजारमा रहेको पक्कीपुलमा […] The post नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

झापामा बाढीले पक्की पुल बगायो

अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका‍-१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी-चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाढीले पुल बगायो, विस्थापित घर फर्कंदै

झापा : अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको […]

बाढीले झोलुङगे पुल बगायो

सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ । तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।

गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौं । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका १४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, लाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे ।

ङिस्याङको झोलुंगे पुल बगायो, जोखिम बढ्दै

मनाङ । मर्स्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुंगे पुल बगाएको छ । झोलुंगे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत अवरुद्ध भएको छ ।      बाढीपहिरोले शुरुआतमा यहाँको तल्लो भागमा क्षति पु¥याएको भए पनि निरन्तर वर्षा हुन नरोकिएपछि माथिल्लो भागतर्फ क्षति हुने क्रम बढेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीले पहिले मनाङको तल्लो भागमा क्षति पु¥याएको थियो, अहिले माथिल्लो भागतर्फ सरेको छ, विपद्लाई रोक्न नसकिने रहेछ,’ लामिछानेले भने, ‘निरन्तर वर्षा पनि भइरहेको छ, माटो गल्दै गएपछि पहिराको जोखिम बढेको छ, बाढीपहिराले बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ, केही भाग अति जोखिममा छन् ।’      माथिल्लो पिसाङ र तल्लो पिसाङ जोड्ने एकमात्र पुल बाढीले बगाएपछि स्थानीयको सम्पर्क तथा आवतजावत टुटेको ङिस्याङ–१ का वडाध्यक्ष भुजुङ गुरुङले बताए । पिसाङको पुल क्षेत्रका १० घरपरिवार विस्थापित भएको ङिस्याङ–१ का वडा सचिव पशुपति अधिकारीले जानकारी दिए । जोखिममा परेको ती घरपरिवारलाइै माथिल्लो पिसाङमा सारिएको र त्यस क्षेत्रका सबै घर जोखिममा रहेको उनले बताए । रासस

सर्लाहीको फूलजोर खोलामा आएको बाढीले बन्दै गरेको पुल बगायो

सर्लाही : सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोलाको बाढीले नवनिर्मित पुल बगाएको छ।गएराति फूलजोर खोलामा आएको बाढीले ईश्वरपुर नगरपालिका–८, रामपुर र लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुर जोडने पक्कीपुल बगाएको हो। पुल दुई हप्ताअघि मात्र ढलान सम्पन्न भएको थियो। बाढीले पुल निर्माणमा प्रयोग भएका सेटिङका सामान तथा निर्माण सामग्री र उपकरणसमेत बगाएको ठेकेदार कम्पनीले जनाएको छ।बाढीले पुल बगाउँदा अन्दाजी २ करोड बराबरको क्षति भएको उनीहरूको भनाइ छ। पुलको उत्तरत

मनाङमा बाढीले जलविद्युत् आयाेजनाकाे पावर हाउस र झोलुङ्गे पुल बगायो

लमजुङ – वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङमा धेरै क्षति पुर्‍याएकाे छ । नदीमा आएको बाढीले आज (बिहीवार) पनि ङिस्याङ गाउँपालिका ४ सब्जी खोलामा रहेको एक जलविद्युत् आयोजनाको पावर हाउस बगाएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो । यस्तै भर्खरै बाढीले मनाङ चामे गाउँपालिका ३ कोतो बजार र नार्पाभूमि १ जोड्ने एकमात्र झोलुङ्गे पुल पनि बगाएको उहाँले बताउनुभयो । लगातारको वर्षासँगै आएको बाढीले मङ्गलवार तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजा...