सर्लाहीको फूलजोर खोलामा आएको बाढीले बन्दै गरेको पुल बगायो

सर्लाही : सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोलाको बाढीले नवनिर्मित पुल बगाएको छ।गएराति फूलजोर खोलामा आएको बाढीले ईश्वरपुर नगरपालिका–८, रामपुर र लालबन्दी नगरपालिका–३, जब्दी भैरवपुर जोडने पक्कीपुल बगाएको हो। पुल दुई हप्ताअघि मात्र ढलान सम्पन्न भएको थियो। बाढीले पुल निर्माणमा प्रयोग भएका सेटिङका सामान तथा निर्माण सामग्री र उपकरणसमेत बगाएको ठेकेदार कम्पनीले जनाएको छ।बाढीले पुल बगाउँदा अन्दाजी २ करोड बराबरको क्षति भएको उनीहरूको भनाइ छ। पुलको उत्तरत

सम्बन्धित सामग्री

पालुङटारमा बाढी : दुई मोटरेबल पुल बगायो

बिहीबार रातिको अविरल वर्षापछि आएको बाढीले पालुङटार नगरपालिका ९ को दुईवटा मोटरेबल पुल बगाएको छ । शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको सिस्नेरीका कृष्ण थापाले बताए । ‘बन्दै गरेको पुलको नामनिसाना छैन,’ थापाले भने, ‘पुलको दुई भागमा पिल्लर उठाउने र नदी छेक्न जाली लगाउने काम हुँदै थियो ।’

बाढीले मकवानपुरगढीमा दुईवटा पुल बगायो

मकवानपुर : मकवानपुरगढी गाउँपालिकामा रहेको दुईवटा पुल बाढीले बगाएको छ। बुधबारदेखि परेको वर्षासँगै सामरी खोलामा आएको बाढीले बन्दै गरेको र सञ्चालनमा रहेको दुईवटा पुल बगाएको हो।गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंको अनुसार वडा नम्वर ३ र ५ को धादिङ र कालीखोलालाई जोड्ने निर्माणाधीन पुल सामरी खोलामा आएको बाढीले बगाएको हो। पाँच करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पक्की पुल बाढीले बगाएको उनले बताए।त्यस्तै, सिमलटार र कालीवन जोड्ने फलामे पुल ज्यामिरे खोलाले बगाएको हुमागाईंले जानकारी दिए। गाउँपालिकामा