सरकारले उखुको समर्थन मूल्य निर्धारण गरिसकेपछि अब दूधको मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गराएको छ । सो अध्ययनका आधारमा प्रतिवेदन तयार गर्ने काम भइरहेको बोर्डका प्रमुख डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आइतबारसम्म प्रतिवेदन तयार गरेर मन्त्रालयलाई बुझाइदिन्छौँ । मन्त्रालयले त्यसलाई अध्ययन गरेर दूधको मूल्य निर्धारण गर्नेछ । ”