नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । त्यस क्रममा विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
सरसफाइ अभियान यही चैत ३१ देखि सुरु हुने जानकारी दिइएको छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । सरसफाइमा जाने विभिन्न समूहलाई २१ दिनको तालिम प्रदान गरिएकोे छ ।
प्रवक्ता पौडेलका अनुसार सगरमाथा