आज अन्तर्राष्ट्रिय बालिका दिवस । यो दिवस विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि मनाइन्छ । तर यो दिवस मनाउने क्रममा हामीले बालिकाहरूको शिक्षामा पहुँचको लागि के गरिरहेका छौं यो बुझ्न जरुरी छ । विशेषगरी कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूलाई कसरी सामना गर्दै बालिकाहरूको शिक्षामा पहुँच बढाउने हो यो बुझ्न जरुरी छ । म पेशाले गायक हुँ र आज मलाई यो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा केही कुरा राख्न मन लागेको छ ।