विजयादशमी : असत्यमाथि सत्यको विजयको प्रतीक

गण्डकी, ७ कात्तिक : गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ । विजयादशमीको उपलक्ष्यमा शुुभकामना सन्देश व्यक्त गर्दै उहाँले असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा मनाइने विजयादशमी पर्वको विशेष महत्व रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकको […]

सम्बन्धित सामग्री

आफैमाथिको विजय-विजयादशमी

विजयादशमीका दिन टीका र आशिष् प्रदान गर्दा भनिने मन्त्रले त आफ्ना जन आकाशजस्तो शान्त र पराक्रमी देख्न चाहन्छन्।...

विजयादशमी टीका ग्रहण गरिँदै

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीका ग्रहण गरिँदैछ । आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ । दुर्गापक्षको मुख्य दिन आज...

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ११:५१ बजे

हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ ।

भोलि दशैँको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ?

काठमाडौँ । भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनादेखि पूजा-आराधना गरिएकी देवीलाई भोलि बिहान १० बजेर ३४ मिनेटमा विसर्जन गरी ११ बजेर […]

उपाधि जित्ने कामना सहित नेपाली फुटबल टोलीले मनाए विजयादशमी

काठमाडौं । साफ च्याम्पियनसीप खेल्न माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीले आज उतै विजयादशमी मनाएका छन्। खेल अफिसिल, प्रशिक्षक र खेलाडीहरुले टीका र जमरा लगाएर विजयादशमी मनाएका हुन्।त्यसक्रममा नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लगायत खेल अफिसियलहरुले समेत टीका लगाएका थिए।भोलि (शनिवार) नेपालले साफको फाइनल खेलमा भारतको सामना गर्दैछ। पहिलोपटक साफ फाइनलमा पुगेको नेपाली टोलीले उपाधि जित्ने कामना सहित आज

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै यसरी मनाए विजयादशमी (तस्बिरसहित)

काठमाण्डाै – साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् । साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ । तस्बिर : एन्फा

विजयादशमी : नगद दक्षिणा कि डिजिटल दक्षिणा ?

असोज २९, काठमाडौं । बडादशैंको मुख्य दिन विजयादशमी शुक्रवार मान्यजनका हातबाट टीका,जमरा लगाएर मनाइदैंछ ।   दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौं । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने छाप पनि परेको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको मौका पारेर प्रत्येक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । तर पछिल्ला केहि वर्षदेखि डिजिटल दक्षिणाको अवधारणा तिव्र रुपमा विकास भइरहेको छ । त्यसो त यो वर्ष कुमारी बैंकलगायत विभिन्न बैंकहरुले बडादशैंमा ‘डिजिटल दक्षिणा’अभियान ल्याएका छन् । कोरोना माहामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वाद, डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले उक्त अभियान ल्याएको कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना रहेकाले डिजिटल दक्षिणाले कम गर्ने  कम्पनीका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले बताए । यस अभियान अन्तर्गत बडादशैंमा पाँच दिन (विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म), दिपावलीमा लक्ष्मी पूजादेखि भाईटिकासम्म तथा छठ पर्वको दिन कुमारी बैंक स्मार्ट मोवाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत् गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा कम्पनीले दिने छ । कुमारी बैंकले  मात्र नभई अन्य बैंकहरुले पनि यो वर्ष डिजिटल दक्षिणाको फ्रेमवर्क कार्यान्वयनमा ल्याएका छन् । बैंकहरुले दशैंमा नगदरहित डिजिटल दक्षिणा दिनेहरुलाई आकर्षक क्यास ब्याक उपहार दिने घोषणा गरेका छन् । तर यसरी दक्षिणा दिंदा मोबाइल बैंकिङ एप मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, कारोबारको विवरणमा दक्षिणा राख्नुपर्ने हुन्छ । यस वर्षको दशैंमा करीब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ  । केन्द्रीय बैंकले पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ । हुन त दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र ? यस्ता प्रश्न पनि यदकदा गर्ने गरिन्छ । यसको उत्तर सोझोरुपमा भन्ने हो भने वास्तवमा छैन नै । दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध छैन । केन्द्रीय बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करी ३ अर्ब रुपैयाँ खर्च गर्ने गरेको छ । नयाँ नोटको माग बढेअनुसार यस्तो खर्च पनि बढ्छ । यसले राष्ट्रको व्ययभार बढाउँछ । नोटको आयु कति वर्ष हुन्छ भन्ने यकिन नभएता पनि जतन साथ प्रयोग गरे धेरै वर्षसम्म टिकाउन सकिन्छ ।  हुन पनि हो, दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिर तथा टिका लाग्छ । दक्षिणाको रुपमा दिंदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका लागेपछि नोटको आयु कम हुन्छ । र झुत्रो हुने गर्दछ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना कम भएकाले नेपालमा छोटो समयमै नोट काम नलाग्ने अवस्थामा पुग्ने गरेको छ ।  अझ भन्ने हो भने नगद दक्षिणा हराउने या चोरी हुने डर त छँदैछ । नगदरहित डिजिटल दक्षिणा चोरी हुने त कुरै भएन । यस कारण पनि दशैंमा  मात्र हैन अन्य पर्वमा पनि अव दक्षिणाको सट्टा डिजिटल दक्षिणालाई प्राथमिकता दिनु पर्ने अवस्था आएको छ । डिजिटल दक्षिणा अभियानलाई नेपालमा अगाडि बढाउनको लागि केन्द्रीय बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकताका साथ अगाडि बढाउनु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।उनीहरुका अनुसार डिजिटल दक्षिणाले मुलुकको आर्थिक भार कटौती गर्न मद्दत पुग्नुका साथै आर्थिक सुरक्षामा पनि टेवा पुर्‍याउँछ ।

आज विजयादशमी : टीकाको शुभ साइत बिहान १०ः०२ बजे, पूर्व फर्केर लगाउँदा राम्रो

काठमाडौँ । आज (शुक्रवार) आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी ठुलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजा आराधना विधिपूर्वक आज विसर्जन गरी मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । विजयादशमीको टीकाको शुभ […]

नवरात्र, विजयादशमी र बलि

संस्कृतको दशमी–शब्दबाट अपभ्रंश भएर दसैँ–शब्द बनेको हो। दसैँलाई धेरैजसो नेपालीले ठूलो चाडका रूपमा मनाउने गरेका छन्। यो चाड घटस्थापनादेखि सुरु हुन्छ। त्यसपछि नौ दिनसम्म देवीको पूजा गरिन्छ जसलाई नवरात्र भन्छन्। दसौँ दिन अर्थात् विजया दशमीका दिनमा देवीको प्रसाद वितरण गरिन्छ। यसै विषयमा यहाँ केही चर्चा गरिन्छ। नवरात्र शरद् ऋतुमा आश्विन–शुक्ल प्रतिपदादेखि नवमीसम्म एक भक्त भएर […]