फागुन २, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको हो ।
उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सोमवार एक कार्यक्रमकाबीच विक्री प्रबन्धक सम्झौतामा कम्पनीका सीईओ रमेश कुमार भट्टराई र क्यापिटलको तर्फबाट भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हालसम्ममा ६३ ओटा शाखाहरुबाट बीमासेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुग्नेछ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ३० लाख नाफा कमाएको हो भने कुल रू. ६९ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।