भियतनामको डा नाङका तीनजना स्थानीयलाई कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका ८० हजार मानिसलाई अन्यत्र सार्ने तयारी भइरहेको छ।
रिसोर्ट सिटीका रुपमा प्रख्यात पर्यटकीय शहरमा संक्रमण फैलिनबाट रोक्न यति ठूलो संख्यामा मानिसहरुलाई स्थान्तरण गर्न लागिएको हो।
डा नाङबाट अन्यत्र लैजान लगिएका धेरैजसो स्थानीय पर्यटक रहेको सीएनएनले उल्लेख गरेको छ।