नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले लोकतन्त्र स्थापनामा प्रमुख भुमीका आफ्नो पार्टीले खेलेको स्पष्ट पारेका छन् । उनले भनेका छन्, हाम्रो पार्टी त्यो पार्टी हो जसले लोकतान्त्रिक गणतन्त्र, समावेशी करण, संघीयता, धर्मनिरपेक्षता, जस्ता एजेण्डाहरुलाई अगाडि बढाएर नेपाली समाजमा नेपालको आन्दोलनमा नेपालको अहिलेको लोकतन्त्र स्थापित गर्न प्रारम्भमा अगाडि राखेर र पछाडिसम्म महत्वपूर्ण भुमीका खेलेको पार्टी हो मुख्य भुमीका खेलेको पार्टी हो ।