राइड सेयरिङसँगै लाइसेन्सको ट्रायल परीक्षालाई व्यवस्थित गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राइड सेयरिङ प्ल्याटफर्ममा रहेका निजी सवारी साधनलाई आवश्यक कानुनी प्रावधान ल्याएर व्यवस्थित गर्ने बताएका छन् । बुधबार अटो पत्रकार सङ्घ (जाम) सँग छलफल गर्दै मन्त्री श्रेष्ठले पठाओ, टुटल जस्ता राइड सेयरिङलाई पनि कानुन बनाएर आफूले व्यवस्थित गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।  सोही क्रममा मन्त्री श्रेष्ठले कानुनी व्यवस्था समेत भएर कार्यान्वयनमा गइसकेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षाको ७० अङ्कको व्यवस्था बागमती प्रदेशमा तत्काल कार्यान्वयनको व्यवस्था गरिने बताए । ‘अन्य सबै प्रदेशहरूमा लाइसेन्सको ट्रायल परीक्षामा ७० अङ्कको व्यवस्था कार्यान्वयन भइसकेको छ । तर, बागमतीमा मात्र किन हुन सकिरहेको...