विगत चार दिनदेखि सर्वोच्च अदालतको सुनुवाइ ठप्प हुँदा न्यायका लागि अदालत धाउने सेवाग्राही मर्कामा परेका छन् ।
देशभरिका सेवाग्राहीहरू मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालत आउने गर्छन् । तर, गत सोमवारदेखि सर्वोच्च अदालतमा इजलाससमेत बस्न सकेको छैन । जसकारण सेवाग्राहीहरू सर्वोच्च अदालत पुगे पनि विना सुनुवाइ फर्कनु परिरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरू इजलास बहिस्कार गर्दै आएका छन् ।
हरेक दिन मुद्दाको पेशी तोकिए पनि इजलास नबस्दा मुद्दाको...