ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुगेका छन्। जापानमा जी-सेभेन (जी–७) का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लागेका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नेछन्। दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने […]