चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउँदै

काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

सम्बन्धित सामग्री

कोरोना खोप बेचेको आरोपमा जनकपुरधामबाट दुई जना पक्राउ

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको कोरोना खोप बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अमेरिकाले नेपाललाई ‘कोभ्याक्स सुविधा’अन्तर्गत खोप उपलब्ध गराउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत छिट्टै कोरोना खोप उपलब्ध गराउने जनाएको छ। ह्वाइट हाउसद्वारा हिजो जारी विज्ञप्तिमा अमेरिकाले कोभ्याक्सअन्तर्गत १ करोड ९० लाख खोप विभिन्न देशलाई उपलब्ध गराउने जनाएको हो। अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई ७० लाख डोज खोप, दक्षिण, सेन्टर र क्यारेबियन १५ राष्ट्रलाई ६० लाख डोज र ५० लाख डोज अफ्रिकी राष्ट्रलाई प्रदान गर्नेछ।