दार्चुला । दार्चुलाको ब्याँस र दुहुँ गाउँपालिकामा नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ । खाद्यान्न अभाव भएको व्याँस-२ माल र बाढी प्रभावित क्षेत्र दुहुँको लागि खाद्यान्न ढुवानी भइरहेको हो । ब्याँस गाउँपालिकाको मालको लागि ५० क्विन्टल खाद्यान्न ढुवानी हुने जनाइएको छ ।