काठमाण्डाै – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाण्डाै–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । फास्ट ट्र्याककाे काम आउँदाे २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले त्यही समयमा नेपाली सेनाले त्याे आयोजनाको काम पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बै...