व्यावसायिक घराना चौधरी समूहको स्वामित्वमा रहेको सीजी कम्युनिकेसन लिमिटेडको ग्रामीण दूरसञ्चार सेवासम्बन्धी अनुमतिपत्र खारेज भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सीजीको लाइसेन्स स्वतः रद्द भएको विषयमा औपचारिक निर्णय गरेसँगै यसबारे सीजीलाई पत्रसमेत पठाइएको जनाएको छ । अनुमतिपत्र नवीकरणका लागि सीजीले अवधि छँदै निवेदनसहित आवश्यक दस्तुर नबुझाएपछि खारेजीमा परेको हो ।