नेपालमा कोभिडका केसहरू ह्वात्तै बढिरहेको, अस्पतालहरू भरिभराउ भइरहेको र देशका प्रधानमन्त्रीले अन्य मुलुकबाट सहायता मागिरहेको भनी सीएनएन लेखेको छ ।
नेपालमा एक लाख मानिसमा कोभिडको दिनहुँ २० वटा केस आइरहेको छ । भारतमा दुई हप्ताअघि यस्तै स्थिति थियो ।
‘कोभिडको अहिलेको लहरलाई रोक्न नसक्ने हो भने भारतमा अहिले जे भइरहेको छ, नेपालमा पनि त्यही स्थिति आउनेछ,’ नेपाल रेडक्रसका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले बताए ।
भाइरस तीव्र गतिमा फैलिरहँदा नेपालमा भारतको जस्तै वा त्यसभन्दा पनि खतरनाक स...