प्रदेश १ मा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । अस्पताल भर्ना हुने क्रम बढेको छ । बिहीबारसम्म अस्पताल भर्ना हुनेको संख्या ८१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ पुगेको छ । ७ हजार २८३ जना होम आइसोलेसनमा छन् । संक्रमितको दर बढेसँगै यसको रोकथाम तथा नियन्त्रणमा भने सरकारको तयारी फितलो देखिएको छ । तथापि प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादव तयारी फितलो नरहेको दाबी गर्छन् ।स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने प्रोत्साहन भत्ता भने समयमा नपाएको मन्त्री यादवको स्वीकारोक्ति छ । संघी