कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ । धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा […]

सम्बन्धित सामग्री

बुथ कब्जा गरेरै जितेको भन्दै धनराजलाई पद्माले दिइन् बधाई

काठमाडौं : नेकपा एमालेकी नेतृ पद्मा अर्यालले स्याङ्जा–२ का केही स्थानमा बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी छन्। स्याङ्जा–२ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङलाई बधाई दिँदै नेतृ अर्यालले जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा गरेर खसालिएका मत स्वीकार नगर्ने बताएकी हुन्।उनले केही बुथ कब्जा भएका स्थानमा पुनः मतदानको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय भएको बताएकी छन्। ‘साक्षीका रूपमा कैय

स्याङ्जा २ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौँ- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा रोकिएको मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले रोकिएको मतगणना गर्न निर्देशन दिएको थियो । बुथ कब्जा भएको आरोप लगाउँदै नेकपा एमालेले फेरि मतदानको माग गरेको थियो भने […]

स्याङ्जा-२ मा राति ९ बजेदेखि मतगणना हुने

काठमाडौं । स्याङ्जा- २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुनः मतदान माग गरेको थियो । कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको […]

स्याङ्जा २ मा बुधबार बेलुकीदेखि मतगणना

काठमाडौँ- निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेपछि स्याङ्जा २ मा बुधबार बेलुकी ९ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस क्षेत्रबाट नेकपा एमालेबाट पद्मा अर्याल, नेपाली कांग्रेसबाट धनराज गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ उम्मेदवार छन्। विभिन्न क्षेत्रमा बुथ कब्जा भएको भन्दै एमालेले स्याङ्जा २ मा पुन: मतदानको माग गरेको थियो। निर्वाचन आयोगले भने उक्त […]

स्याङ्जा-२ र बाजुराको आयोगले आज निर्णय गर्ने

काठमाडौं : स्याङ्जा-२ र बाजुरामा पुनः निर्वाचन गर्ने कि मतगणना सुरु गर्ने भन्ने विषयमा आज निर्णय हुने संभावना रहेको निर्वाचन आयोगले जनाएको छ। सो विषयबारे आज पनि छलफल पश्चात् निर्णय गर्ने तयारी भएको आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयोगले आज  बिहान ११ बजे छलफलका लागि बैठक बोलाएको छ।  स्याङ्जा–२ र बाजुरामा एमाले र कांग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन्। एमालेले पुनः मतदानको माग गरिरहेको छ भने कांग्रेसले मतगणनामा जोड द

स्याङ्जा-२ मा निर्वाचन भएकाे ५ दिन पूरा, अझै मतगणना हुन सकेन

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेकाे छ । तर पनि मतगणना हुन भने अझै सकेको छैन । नेकपा एमालेले चापाको नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुन: मतदानको मागसहित धर्नामा बसेकाे छ । यता नेपाली कांग्रेसले […]

स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै संयुक्त पत्रकार सम्मेलन

स्याङ्जा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँदलिका भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएकाे छ। सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन् । निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको उल्लेख छ । स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा […]

स्याङ्जा २ मा पुनः मतदान गर्न माग

पोखरा– स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्मा अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा निर्वाचन आयोगमा पत्र बुझाएकी छिन् । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मतदान गरेको आरोप एमालेले लगाएको छ । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, […]