सार्वजनिक निर्माणमा ढिलासुस्ती हटाउने उपायको खोजी

नेपालमा पूर्वाधार निर्माणको गति निकै सुस्त छ । योजना छनोटदेखि निर्माण सम्पन्न हुने चरणसम्ममा ढिलाइ हुँदा आयोजनाहरूको लागत निकै बढ्ने गरेको छ भने त्यसबाट देशले प्राप्त गर्ने लाभ पनि निकै पछि सरेको छ । यस्तो अवस्थाको अन्त्य गर्न सरकारहरूले नयाँनयाँ पहल गरे पनि समस्याको चुरोमा पुग्न नसकेकाले ती पहल सार्थक बन्न सकेका छैनन् । अहिले अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च बढाउन तथा विकास निर्माणलाई गति दिन दुई सिफ्टमा काम गर्नुेपर्ने अनिवार्य प्रवाधान ल्याउन लागिएको बताएका छन् । तर, अन्य कुरामा सुधार नल्याए यो पहल पनि निरर्थक हुने देखिन्छ । कामदार अपुग भएर वा समय अपुग भएर काम नभएको भए दुई सिफ्टको कुरा उपयुक्त हुन्थ्यो । तर, अवस्था त्यस्तो नभएकाले वास्तविक समस्या खोजी तिनलाई सम्बोधन गर्न सक्नुपर्छ । मन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्कासम्बन्धी सम्झौतामा दिउँसा र राति गरी दुई सिफ्टमा काम गर्नुुपर्ने शर्त राख्न लागिएको बताएका छन् । उनका अनुसार दिनमा एक सिफ्ट मात्र काम गरेर पूँजीगत खर्च बढाउन सकिँदैन र पूँजीगत खर्च भएन भने आर्थिक वृद्धि दरको लक्ष्य प्राप्त गर्न कठिन हुन्छ । त्यसैले रात्रि सिफ्टमा बत्ती बालेर भए पनि काम गर्नुपर्छ र सरकारी निकायले नसुतेर भए पनि बेलाबेलामा अनुगमन गर्नुपर्छ । अर्थमन्त्रीका यी कुरा झट्ट सुन्दा क्रान्तिकारीजस्ता लाग्छन् र कार्यान्वयन भई नै हाल्छ कि भने जस्तो पनि देखिन्छ तर यथार्थमा त्यस्तो पाइँदैन । अर्थमन्त्रीले अर्थतन्त्र सुधारका बारेमा दिएका निर्देशन र भाषण हेर्ने हो भने प्रत्येक दिन जसो नयाँनयाँ कुरा भनिरहेको पाइन्छ । तर, परिणाम भने खासै आएको देखिँदैन । दुई सिफ्ट अनिवार्य गराउने नीति त उनले ल्याउलान् पनि तर यसले सार्वजनिक निर्माणका कामलाई तीव्रता दिन भने कठिन नै हुने देखिन्छ । सार्वजनिक निर्माणमा ठेकेदारहरूलाई उत्तरदायी बनाउन सकिएको छैन । त्यही भएर समयमा काम नसक्ने, निर्माण कार्य गुणस्तर नहुनेजस्ता थुप्रै विकृतिहरू छन् । यसो हुनुमा ठेक्का प्रक्रियादेखि भुक्तानीसम्ममा हुने आर्थिक चलखेल एउटा कारण हो । मानाैं कुनै सडक पीच गर्ने ठेक्का अमुक कम्पनीले पायो । त्यो ठेक्का प्राप्त गर्न, आयोजनास्थलमा काम गर्न, निर्माण सामग्री जुटाउन समेत ठाउँठाउँमा चन्दा वा अन्य रकम उसले खर्च गर्नुपर्छ । त्यसो हुँदा उसले कम गुणस्तरको काम गर्छ जसलाई सरकारी कर्मचारीले लेनदेनकै आधारमा पाससमेत गरिदिन्छन् । समाचारहरूमा व्यापक विरोध भएका केही आयोजनाहरूका बारेमा त्रुटि गर्ने ठेकेदारलाई समेत कारबाही भएको पाइन्छ । धेरै जसो आयोजनामा यस्तो हुने गरेको छ । सम्भाव्यता अध्ययन नै नभएका, आयोजनाको विस्तृत प्रतिवेदन नै तयार नभएका, जग्गा अधिग्रहणलगायत काम नभएका तथा साइट क्लियरेन्स नभएका आयोजनाहरू समयमा नै सम्पन्न नहुनु स्वाभाविकै हो । कतिपय आयोजना त स्रोतको सुनिश्चिततासमेत नगरिएका हुन्छन् । पूर्ववर्ती ओली सरकारले स्रोतको सुनिश्चितताविना उद्घाटन गरिएको आयोजना वर्तमान सरकारले खारेज गरिदिएको थियो । समयका काम सम्पन्न नहुनुमा ठेकेदार कम्पनीको मात्र दोष हुँदैन । उनीहरूले धेरै ठेक्का ओगटेर काम गर्न नसकेको एकाध आयोजना छन् । सरकारले आयोजनाहरूको भुक्तानीमा ढिलाइ गर्दा उनीहरूले नयाँ ठेक्काको काम थाल्न नसकेको पनि पाइन्छ । मूलतः सरकारी संयन्त्र, कर्मचारीको मनोबल, दक्षता तथा उनीहरूलाई प्रोत्साहनको अभावजस्ता कारणले सार्वजनिक निर्माण कार्य सुस्त भएका हुन् । कामदार अपुग भएर वा सयम अपुग भएर काम नभएको भए दुई सिफ्टको कुरा उपयुक्त हुन्थ्यो । तर, अवस्था त्यस्तो नभएकाले वास्तविक समस्या सम्बोधन गर्न सक्नुपर्छ, दुई सिफ्ट अनिवार्य गर्न आवश्यक छैन ।

सम्बन्धित सामग्री

मिटरब्याजविरुद्धको कानुन निर्माणमा ढिलाइ

विधेयकका प्रावधानमा सत्तारूढ दलकै विमति, गृहमन्त्रीले थाले परामर्श मिटरब्याजविरुद्धको कानुन निर्माणमा ढिलाइ भएको छ । संसद् चालू नभएको अवस्थामा सरकारले ल्याएको अध्यादेश निर्धारित समयसीमाभित्र पारित नभई निष्क्रिय भएका वेला प्रतिस्थापन विधेयकलाई अगाडि...

निर्माणमा गएनन् पीपीए गरेका १५ सय मेगावाटका आयोजना

सरकारले विद्युत् खरिद सम्झौता (पीपीए) भएर पनि लगानी जुटाएर निर्माणमा नगाएका कम्पनीलाई छिटो निर्माणमा जान दबाव दिने भएको छ ।

सर्वोच्चको भवन निर्माणमा अनियमितता

काठमाडौं, असार ३० । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ । हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको क्याबलरी रहेको भागमा भवन बनाउन २०७७ चैत १९ मा कालिका–समानान्तर जेभीसँग करिब ५ […]

सर्वोच्चको भवन निर्माणमा अनियमितता

सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ ।हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको क्याबलरी रहेको भागमा भवन बनाउन २०७७ चैत १९ मा कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब १९ करोड ८६ लाख ३२ हजारमा सम्झौता भएको थियो । १८ चैत २०८० मा बनाइसक्नेगरी ठेक्का पाएको सो कम्पनीले अहिलेसम्म करिब १ अर्ब ३ करोड भुक्त

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री, निर्माणमा दीपक र रोहितको सहकार्य

काठमाडौं । ‘छ माया छपक्कै’पछि अर्को एक नयाँ फिल्म निर्माणमा रोहित अधिकारी र छक्कापञ्जा टीमबीच सहकार्य हुने भएको छ । फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मलाई रोहितले निर्माण गर्ने भएका छन् । मुख्य भूमिकामा दीपकराज गिरी, केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’का कलाकार हुने जनाइएको छ । चलचित्र विकास […]

टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

कैलालीको टीकापुर अस्पताल परिसरभित्र  सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ।

मोटरेबल पुल निर्माणमा ढिलासुस्ती

गुल्मीमा कुल पाँच करोड १७ लाखको लागतमा बन्न सुरु भएको मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ र वडा नम्बर ७ जोड्ने मोटरेबल पुल निर्माणाधीन अवस्थामा दुईपटक नदीको बहाब बढेको कारणले भत्किएपछि पुल निर्माणमा ढिलासुस्ती भएको हो ।स्वीस सरकारको आर्थिक सहयोगमा बन्न लागेको झेंदी पुलको निर्माणका लागि २०७३ सालमा सम्झौता भएको थियो […]

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।...

भौतिक संरचना निर्माणमा जोड

इनरुवा । कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले भने, ‘विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ ।’ उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा […]

२५ वर्षपछि नहर निर्माणमा तीव्रता

महेन्द्रनगर-नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको भण्डै २५ वर्षपछि भारतले नहर निर्माणमा तीव्रता दिएको छ । महाकाली सिँचाइ तेस्रो चरणको मूलनहर निर्माणअन्तर्गत महाकाली एकीकृत सन्धिअनुसार भारतले बनाउनुपर्ने १२ सय नहर निर्माणमा भारतले २५ वर्षपछि निर्माण कार्यमा तीव्रता दिएको हो ।नहर निर्माणमा वर्षाैंदेखि आनाकानी गर्दै आइरहेको भारतले अहिले रातदिन लगाएर भारततर्फ निर्माण गर्नुपर्ने १२ […]