विश्वासकाे मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी पदमुक्त

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।  ६० सदस्यीय प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ मत पर्‍याे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन आवश्यक थियो ।आज ५९ मत खसेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेका अधिकारी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा गएको पुष २५ गते मुख्यमन्त्री बन्नुभएको हो ।नेकपा...