काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ। नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्दै आएको छ। एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ। एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न प