म्याग्दी : म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्न इच्छुक म्याग्देलीलाई फागुन मसान्तसम्म लगानी खुल्ला गरिएको छ। जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको धौलागिरी कालिका हाइड्रो कम्पनीले आयोजनाबाट प्रभावित व्यक्तिहरू र स्वदेश तथा विदेशमा रहेका इच्छुक म्याग्देलीलाई फागुन मसान्तसम्म लगानी खुल्ला गरेको हाे।कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे