हिमाल हाम्रो शान !

हाम्रो देश हिमालको खानी नै हो । विश्वमा हाल मान्यताप्राप्त १४ ओटा अग्ला हिमाल रहेका छन् । तीमध्ये आठ ओटा हिमाल नेपालमा मात्रै रहेका छन् । ८ हजार मीटरभन्दा माथिका हिमाल अब चाँडै २० ओटा हुँदै छ । अब थपिने ६ ओटै हिमाल नेपालमा रहेका छन् । नेपालमा ७ हजार ५०० मीटरदेखि ८ हजार मीटरमुनिका हिमाल ४० ओटा रहेका छन् भने ६ हजार मीटरदेखि ७ हजार ५०० मीटरसम्मका १२ सय ५३ ओटा हिमाल छन् । (स्रोत : नेपाल पर्वत २०११ को अक्टोबर अंक) । चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ ।  यसबाट साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुनेछ । ऊ बेला ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामका बारे अनेक अड्कल गरिएका थिए । ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङ्मा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामको चर्चा पाइन्छ । । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमाल अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखकहरूले) ले ‘चोमोलुङ्मा’ भनी लेखेको/बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, त्यस बेला सर जर्ज एभरेस्ट आफ्नो सेवाअवधि सकेर बेलायतको इङल्यान्डमा अवकाशप्राप्त जीवन बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नापनक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । माथिका विभिन्न नाममध्ये केही नामहरू ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएका हुन् । त्यस्तै ‘चोमोलुङ्मा’ को नयाँ नेपाली नाम सगरमाथा चाहिँ इतिहासकार बाबुराम आचार्यले राखेका हुन् । त्यस्तै, ‘चोमोलुङ्मा’को उचाइका सम्बन्धमा पनि शुरू–शुरूमा एकरूपता थिएन । अहिले पनि छैन । कहिले ८ हजार ८८८ मीटर, कहिले ८ हजार ८४० मीटर, कहिले ८ हजार ८५० मीटर, कहिले ८ हजार ८७२ मीटर, कहिले ८ हजार ८४४.४३ मीटर, कहिले ८ हजार ८४८ मीटर आदि भनी प्रचारमा ल्याउने गरिन्छ । यस्तो काम बढीजसो यूरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोही र लेखकहरूले गर्ने गरेका छन् । जेहोस्, अस्तिसम्म नेपालले मान्दै/मान्यता दिँदै आएको उचाइ ८ हजार ८४८ मीटर जुन छ, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधार निकालिएको उचाइ थियो । स्मरणीय छ, चीनतर्फबाट सगरमाथा चढ्ने पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा अझै पनि (पोहोरसम्म) ८ हजार ८४४ मीटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि यसपटक नेपाल र चीन दुवै देशको सहमतिबाट ८ हजार ८४८.८६ मीटर सगरमाथाको नयाँ उचाइ कायम भएकाले गर्दा अबका दिनमा चीनतर्फबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘८ हजार ८४८.८६ मीटर’ नै कायम होला भन्ने आशा गर्न सकिन्छ । स्मरणीय छ, गत मे को सिजनमा चीनले पनि आफ्ना तर्फबाट सगरमाथाको नापजाँच गरिसकेको छ । त्यसो त सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मीटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र देशैपिच्छे सगरमाथाको उचाइ मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मीटर लेखिएको छ भने एक फ्रेन्च जोडीले लेखेको किताबमा सगरमाथाको उचाइ ८ हजार ८४२ मीटर लेखिएको छ । यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, त्यस वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । त्यसअघि सन् १९५१ मा सानो बेलायती पर्वतारोहीको एक टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङ्ला (भोजपुर) तेङबोचे हुँदै नेपालतर्फबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । फेरि, सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्फबाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरूले पनि सगरमाथा आरोहण गर्न पूर्णरूपमा सफलता पाउन सकेनन् । तर, उनीहरू वर्षात् अघिको प्रयासमा ८ हजार ५९५ मीटरसम्म र वर्षात्पछिको प्रयासमा ८ हजार १६ मीटरको उचाइसम्म पुग्न भने सफल भएका थिए । सम्भवत: सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरू नै थिए । सगरमाथा हिमालको नामकै सन्दर्भमा भन्नु पर्दा लगभग १ वर्षअघि भारतीय टेलिभिजन च्यानल जी टीभीका पत्रकारले सगरमाथा क्षेत्रको कालापत्थरमा सुटुक्क गएर एक दृश्य छायांकन गरेर सगरमाथालाई भारतले पनि दाबी गर्नुपर्ने र सगरमाथा हिमालको नाम ‘चोमोलुङ्मा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’को सट्टा राधानाथ सिक्दर/सिकन्दरको नाममा ‘राधानाथ सिक्दर/सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए । लेखक पर्यटनकर्मी हुन् ।

सम्बन्धित सामग्री

हिमाल किन कालो हुँदैछ ?

पोखरा- लेकसाइडका जगन्नाथ अधिकारीको बाल्यकाल बिहान उठ्नेबित्तिकै घरको आँगनबाट छ्यांग खुलेको हिमाल हेर्दै बित्यो । आजकाल लेकसाइडबाट हिमाल देख्न मुस्किल छ उनलाई । हिमाल कहिले देखिन्छ त कहिले छेकिन्छ । ‘टुरिष्ट आउँदा हिमालको फोटो देख्छन्, यहाँबाट देखेनन् भने साँच्चै यहींबाट देखिएको हो भनेर सोध्छन् । किनभने फोटोमा देखेको हिमाल यहाँबाट देखिदैन, उनीहरुलाई कन्फ्युज जस्तो हुँदो […]

हिमाल आरोहणमा थपिँदै कीर्तिमान

पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।...

नगरकोटबाट टिलिक्क टल्कियो हिमाल

काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्। नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ। आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।

आम्दानीको राम्रो स्रोत अग्ला हिमाल

विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको मानिन्छ । तीमध्ये नेपालमा मात्रै आठवटा रहेका छन् । फेरि ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल थपिने कुरो पनि छँदै छ । खासमा जुन देशसँग जति धेरै अग्ला हिमाल भयो, उति नै धेरै विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ, हिमाल आरोहणमार्फत । हुन पनि हिमाल […]

यो मौसमका लागि तीन हिमाल आरोहण खुल्यो

सरकारले यो सिजन (शरद) का लागि ३ वटा हिमाल आरोहण खुला गरेको छ। स्वदेशी तथा विदेशी नागरिकका लागि हिमलुङ, मनासलु र सरिबुङ हिमाल आरोहण खुला गरिएको हो।...

साइपाल हिमाल

बझाङ, १३ पुसः सुदूरपश्चिम प्रदेशको बझाङमा अवस्थित साइपाल हिमाल ।-तस्बिर : रमेश केसी

निलगिरी हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमाल । तस्बिर : कमल खत्री/रासस

कारागारबाट देखिएको धौलागिरि हिमाल

जिल्ला कारागार बागलुङबाट देखिएको धौलागिरि हिमाल । यहाँका कैंदी बन्दीले कारागार भित्रैबाट हिमाल देख्न पाउँछन् । तस्वीर/रासस

धौलागिरि हिमाल

म्याग्दीको टोड्केबाट देखिएको धवलागिरि हिमाल । तस्बिर : ध्रुवसागर शर्मा/रासस

धवलागिरि हिमाल

बागलुङ बजारबाट आज (आइतबार) बिहान देखिएको धवलागिरि हिमाल । तस्वीर: रासस