पौडेल समूहका बर्मा लामा बने दोलखा काँग्रेसका सभापति

नेपाली काँग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्। सोमबार सम्पन्न दोस्रो चरणको मतदानमा कृष्णप्रसाद सिटौला समूहका तारा खड्कालाई पराजित गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका लामाले सभापतिमा बाजी मारेका हुन्।  यसअघि आइतबार सम्पन्न मतदानमा सभापतिका उम्मेदवारहरूले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणको मतदानमा पहिलो भएका लामा र दोस्रो भएका खड्काबीच प्रतिस्पर्धा भएको थियो । सभापति शेरबहादुर देउवा पक्षका वर्तमान सभापति रुद्र खड्का तेस्रो र &n

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको उम्मेदवारका लागि कांग्रेस दोलखाबाट ११ जनाको नाम सिफारिस

१७ भदौ, दोलखा । नेपाली कांग्रेस दोलखाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउन ११ जनाको नाम सिफारिस गरेको छ । जसमध्ये ८ जना प्रत्यक्षतर्फका आकांक्षी छन् भने ३ जनालाई समानुपातिकतर्फको उम्मेदवार बनाउन सिफरिस गरिएको जिल्ला सभापति बर्मा लामाले जनाएका छन् । प्रत्यक्षतर्फ सिफारिस हुनेमा बर्मा लामा, जीपछिरिङ लामा, ताराबहादुर कोइराला, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, रुद्रबहादुर […]

यी हुन प्रतिनिधिसभामा दाबी गर्ने दोलखाका कांग्रेसका नेताहरु, कसले मार्ला बाजी

दोलखा, ४ भदौ । चुनावको मिति घोषणा भएसगै जिल्लामा चुनावी चहलपहल बढेको छ । विभिन्न सन्चारमाध्याम र सामाजिक सन्जालबाट धमाधम उम्मेद्धवारी घोषणा हुन थालेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले,अजयबाबु शिवाकोटि जिल्ला सभापति वर्मा लामा, निवर्तमान सभापति रुद्र बहादुर खड्का र पुर्व सभापति तारा बहादुर कोइरालाले दोलखामा प्रतिनिधि सभामा दाबी गरेका छन । […]

कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । गएराति जुवा खेलिरहेको अवस्थामा उनी काठमाडौंको बौद्धस्थित नयाँबस्ती बाट पक्राउ परेका हुन् ।  लामासहित १८ जनालाई पक्राउ गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । जुवा खालबाट ६ लाख ३१ हजार नगदसहित ५२ थान कौडा बरामद गरिएको...

दोलखा काँग्रेस सभापति काठमाडौँको जुवाखालबाट पक्राउ

नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

कांग्रेस दोलखाको सभापतिमा लामा

दोलखा । नेपाली कांग्रेस दोलखाको जिल्ला सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी ताराकुमार खड्कालाई पराजित गर्दै सभापति चुनिएका हुन् ।

दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेस विधानअनुसार सभापतिका कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । सभापतिमा संस्थापन पक्षका वर्तमान सभापति रुद्रबहादुर खड्का , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बर्मा लामा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका […]

कांग्रेस अधिवेशन : दोलखामा मतगणना सुरु

दोलखा । नेपाली कांग्रेस दोलखाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । कुल १ हजार ५ सय ८९ मध्ये १ हजार ५ सय ४५ मत खसेको निर्वाचन समितिले जनाएको छ । दोलखा कांग्रेसको सभापतिमा चार जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ । वर्तमान सभापति रुद्रबहादुर खड्का, बर्मा लामा, तारा खड्का र केशव चौलागाई […]