काठमाडौं । कोशी प्रदेश सरकार बचाउनका लागि सत्ता गठबन्धन दलहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संघीय सरकारमा समेत भित्र्याउने कसरत थालेका छन् । कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका शीर्ष नेताहरू र राप्रपाका नेताहरूबीच दुवै तहको सरकारमा राप्रपाको सहभागिताबारे छलफल भएको छ । कांग्रेसले तत्काललाई कोशी प्रदेशमा राप्रपालाई सभामुख र एक मन्त्री दिन प्रस्ताव गरेको छ । […]