काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो। सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना