सोलुखुम्बु - सोलुखुम्बुमा ६ सयभन्दा बढी घर पहिरोको उच्च जोखिमा परेका छन् । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा २५ घर पहिरोको जोखिममा रहेका नगरपालिकाले जनाएको छ । यस्तै वडा नम्बर १ को नुनथला बजार र सोलुखोला आसपासका क्षेत्रमा पनि जोखिम रहेको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।
यस्तै, थुलुङ दुध कोशी गाउँपालिकाको वडा नम्बर ७ को लुरुवा, वडा नम्बर ९ को लिखेप, फलाटे, वडा वडा नम्बर ३ पञ्चन, वडा नम्बर १ नेलेका ५० भन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । लिखुपिक...