पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका सबै वडा पहिरोको जोखिममा रहेका छन् । पहाडी भूगोल भएको यो गाउँपालिकाका सबै वडाका जमिन चिरा चिरा पर्ने र धाँजा फाट्ने गरेको हुँदा प्राकृतिक विपत्को जोखिम उच्च छ । गाउँपालिकाको पहाडी क्षेत्र पहिरोको जोखिम र समथर भूभागमा नदी कटानको समस्या छ । यहाँका सबै छ वडा उच्च जोखिममा छन् ।
चितवन । चितवनको गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ । पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन् । सराथोक गाउँले जिल्लाको सयौँ वर्ष पुरानो इतिहास बोकेको स्थानीय बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पबाट तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको […]
कर्णाली प्रदेशका नौ जिल्ला बाढी र पहिरोको उच्च जोखिममा छन्। विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कर्णालीमा यो वर्ष विपत्बाट ३५ हजार ३३३ जना प्रभावित हुने अनुमान गरेको छ। आठ हजार ८५ घरधुरी बाढी, पहिरोको जोखिममा छन्। शनिबार र आइतबार निरन्तर वर्षा हुँदा भेरी र कर्णाली नदीमा पानीको बहाव बढेको छ। नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निरन्तर वर्षा भइरहेको भन्दै सावधानी अपनाउन अपिल गरेको छ।
पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाउँदै आएको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा रानीकोट सडकखण्डमा योयो जीपलाइनले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्दा सडक पहिरोको जोखिममा परेको छ । जीपलाइनले घ्याम्पेडाँडा हुँदै रानीकोट जाने आठ मिटर चौडा सडकको मापदण्ड एवं सामुदायिक वनको जग्गा अतिक्रमण गरेर टिकट काउन्टरदेखि रेष्टुरेन्टसम्म बनाउँदा पनि स्थानीय तहले बेवास्ता गरेको भन्दै स्थानीयले अतिक्रमण रोक्न …
ओखलढुंगा । सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ । अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ […]
लमजुङ – बाढी पहिरोको जोखिममा रहेको पहाडी जिल्ला हो लमजु्ङ । विशेषगरी बर्खाको समयमा बाढी पहिरोबाट जिल्लामा क्षति पुग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रका अनुसार मनसुनजन्य विपद्बाट गएको वर्ष जिल्लामा एक सय २० घरधुरीमा क्षति पुगेको थियो ।
तीमध्ये बाढी पहिरोबाट ८७ घरमा पूर्ण क्षति पुगेको थियो । ३३ घरमा आंशिक क्षति पुगेको थियो । गएको वर्षको बाढी पहिरोका कारण मस्र्याङ्दी करिडोर र दोर्दी करिडोरमा रहेको विभिन्न जलविद्युत् आयोजनामा पनि क्षति पुगेको थियो । सडक, बाटोघाटो, निजी लगा...
आठवीस नगरपालिकाको वडा नं ९ का ३७ घर परिवार चार दिनदेखि आफन्तका घरमा र खुल्ला स्थानमा बस्न बाध्य छन् । वडाका ५० घरमध्ये ३७ घरपरिवारका २५० बढी मानिस पहिरोको जोखिममा परेपछि आफन्तको शरणमा बस्न बाध्य भएका हुन् । भिरालो जमीनको तल पट्टी बस्ती भएको र घरमाथिको पहाडको केही भागमा पहिरो खस्न थालेपछि बस्ती सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । बस्तीका २५० भन्दा बढी नागरिकलाई कसैलाई आफन्तकोमा राखिएको छ भने कसैलाई अन्य विभिन्न खुल्ला स्थानमा राखिएको श्रेष्ठ बता
अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ परिवारलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ परिवारलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
मनसुन सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढ्न थालेको छ । बुधबार साँझ परेको अविरल वर्षासँग आएको पहिरोले मोलुङ गाउँपालिका वडा नं. ३ को वडा कार्यालय भवन पुरिएको छ ।