काठमाडौं : संसदमा देखिएको अवरोध हटाउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वान टु वान’ वार्ता गर्न चाहेका छन्। प्रधानमन्त्री र सभामुखले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका ओलीले प्रधानमन्त्री र सभामुखसँग वार्ता गर्न चाहेका हुन्। एमालेले गरेको संसदको अवरोध खुलाउन खोजिएको हो भने प्रधानमन्त्री देउवाले एमाले संसदीय दलका नेतासँग बसेर छलफल गर्नुपर्ने सांसद तथा पूर्व गृहमन्त्री खगराज अधिकारी बताए। सांसद अ