काठमाडौँ- कुनै समयको ख्यातिप्राप्त नाटकघर ‘गुरुकुल’ फेरि अस्तित्वमा आएको छ। राजधानीको थापागाउँस्थित कुञ्ज नाटकघर थापागाउँमा फेरि ‘गुरुकुल’ सुरु गरिएको हो। शुक्रबार चित्रकला कार्यशाला र कविता वाचनसहितका कार्यक्रमहरु गरेर ‘गुरुकुल’ उद्घाटन गरिएको हो। उद्घाटनका अवसरमा गुरुकुलको लोकप्रिय प्रस्तुति ‘पुतलीको घर’ पुनर्मञ्चन गरिएको थियो।