पदक विजेता खेलाडी प्रदेश १ सरकारबाट सम्मानित हुँदै

इलाम : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने भएको छ। गण्डकी प्रदेशमा सम्पन्न खेलकुदका स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई ५० हजारले पुरस्कृत गर्ने निर्णय प्रदेश १ सरकारले गरेको हो।नवौँ राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म आयोजना भएको थियो। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कांस्य पदक गरी कुल ८३ पदक जितेको थियो।प्रदेश १ उक्त प्रतियोगितामा पदक तालिकामा छैटौँ रहेको थ

सम्बन्धित सामग्री

प्रदेश १ का पदक विजेता खेलाडी सम्मानित

इलाम : प्रदेश १ खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। बोर्डले आज इटहरीमा कार्यक्रम आयोजना गरी प्रदेश १ बाट पदक विजेता ८६ खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना व्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो।कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद १ लाख, रजत पदक विजेतालाई ७५ हजार र काँस्य पदक विजेतालाई ५० हजार सहित सम्मान गरिएको हो। यस्तै प्रशिक्षकलाई नगद २५ हजार र व्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्

प्रदेश १ को मन्त्रिपरिषद् बैठक : खेलाडीलाई सम्मान गर्न बजेट स्वीकृत

प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको हो । यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ । प्रदेश सरकारका प्रवक्ता एवं