प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधिसहित निर्देशिका स्वीकृत गर्नेलगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेट स्वीकृत गरेको हो । यो निर्णयपछि निर्वाचन आचारसंहितालगायतका कारणले रोकिएको पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम अघि बढ्ने छ । प्रदेश सरकारका प्रवक्ता एवं