मुख्यमन्त्री गुरुङले सम्हाले स्वास्थ्य मन्त्रालयको कार्यभार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार ग्रहण गरेका छन् । सरकारले हालै प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप गरेपछि मुख्यमन्त्रीले मन्त्रालयमा पुगेर जिम्मेवारी सम्हालेका हुन् । पदबहालीका क्रममा उनले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको कोभिड–१९ केयर युनिट (आइसोलेसन सेन्टर) सञ्चालनका...